एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म १२५ क्षेत्रको मतपरिणाम आइसकेको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने ४ क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ ।

समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ।दोलखा, स्याङ्जा–२ र बाजुरामा मतगणना सुरू हुन बाँकी रहेको छ।

दोलखा र स्याङ्जामा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि गणना सुरू हुनसकेको छैन। त्यहाँका विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरू गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्न बाँकी रहेको छ।

बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा आज मतदान सम्पन्न भएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780