मातृका यादवलाई पराजित गर्दै जसपाका कार्की विजयी

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद यादव पराजित भएका छन् । पाँच हजार ९४८ मतान्तरमा उनलाई जसपाका दीपक कार्कीले पराजित गरेका छन् ।

कार्कीले २७ हजार ४३१ मत ल्याएका छन् भने मातृकाले २१ हजार ४८३ मत ल्याएका छन् ।

मातृका पाँच दलीय गठबन्धनको साझा उमेदवार थिए भने कार्की जसपा–नेकपा (एमाले) गठबन्धनबाट जसपाका उमेदवार थिए ।

यसअघि ०७४ मा मातृकाको निकटतम प्रतिस्पर्धी कार्की नै थिए । जनमत पार्टीका किसोरी साहले १४ हजार ४६७ र राप्रपाका मनोज मल्लले आठ हजार २८३ मत ल्याए ।

Author:



क्याटोगरी छान्‍नुहोस