धनुषा–४ मा एमालेका रघुवीर महासेठ निर्वाचित

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नम्वर ४ मा नेकपा (एमाले)का रघुवीर महासेठ निर्वाचित भएका छन् । महासेठले ३२ हजार २३६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकतटम प्रतिष्पर्धी सत्तारूढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त प्राप्त गरे ।

फरक दलका दुवैजना हेभिवेट नेताद्वय महासेठ र यादव २०७४ सालको निर्वाचनमा पनि मैदानमा उत्रिएका थिए । त्यसबेला महासेठले महेन्द्रलाई पराजित गरेका थिए । महासेठले २२ हजार ५३२ मत र महेन्द्रले १९ हजार ९९१ मत ल्याएका थिए ।

यसपटक भने यो निर्वाचन क्षेत्रको राजनीतिक समीकरण भिन्न थियो । कांग्रेसका महेन्द्रलाई लोसपा र माओवादी केन्द्रको साथ थियो भने महासेठ एमालेका मात्रै उम्मेदवार थिए । यस क्षेत्रमा जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको थियो । यो क्षेत्रमा जसपा र एमालेबीच मित्रवत प्रतिस्पर्धा गर्ने समझदारी भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस