सप्तरीमा घाँटी रेटी राउतको हत्या

राजविराज, १३ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरबामा घाँटी रेटी एक जनाको हत्या भएको छ । गए राति साढे ९ बजेदेखि वेपत्ता रहेका सोही ठाउँका ५० वर्षीय पप्पु राउतको घाँटी रेटी हत्या भएको हो ।

वेपत्ता रहेका राउतलाई खोजी गरिदिन प्रहरीमा जानकारी गराइएको थियो । आज विहान राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए ।

घाँटी रेटी हत्या गरिएको शव फेला परेसँगै घटनाको सुक्ष्म अनुसन्धान थालिएको उनले बताए । ‘हामीले सुक्ष्म अनुसन्धान थालेका छौं, त्यसका लागि तालिम प्राप्त कुकुर समेत ल्याएका छौं, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस