अनुगमन टोली देखेपछि राजविराजका औषधि व्यवसायीको भागाभाग (फोटोफिचर)

राजविराज, १३ मंसिर । औषधि व्यवस्था विभागले अनुगमन सुरु गरेसँगै राजविराजका अधिकांश औषधि व्यवसायीहरुको भागाभाग भएको छ ।

मंगलबार विभागको विराटनगर शाखा कार्यलयबाट खटिएको टोलीले राजविराजका औषधि पसलमा छड्के अनुगमन गर्न आएका थिए । तर, अधिकांश पसलहरु बन्द नै रहेको पाइएपछि प्रभावकारी अनुगमन गर्न नसकिएको विराटनगर शाखाका फार्मेसी अधिकृत टेकेन्द्र मिश्रले बताए ।

‘दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औषधिहरु, नेपालमा दर्ता नभइ राखिएका औषधीहरु, टेम्प्रेचर नमिलाइ राखिएका भ्याक्सिनहरु, औषधिको गुणस्तर जाँचका लागि हामी अनुगमन गर्न आएका थियौं’ उनले भने, ‘भारदह र हनुमाननगर गरी दुई वटा पसलमा अनुगमान गरेका थियौं, त्यसपछि यहाँ आइपुग्दा अधिकांश पसलहरु बन्द रहेको पाइयो, यो हाम्रो लागि चुनौती पनि हो र उद्देश्य पनि पूरा भएन ।’

अनुगमन गरिएका पसलहरुमा पनि औषधि पसलमा राखेर विक्री गर्न नहुने खालका केही सामग्रीहरु जफत गरिएको उनले बताए । ‘अन्य चैं लागु औषधका रेकर्डहरु नमिलाइ राखिएको, कत्तै–कत्तै रेडर्क नै नराखिएको जस्ता कुरा देखियो ।’, उनले भने ।

यसअघि टोलीले सोमवार बोदे बरसाइन र कल्याणपुरका औषधि पसलमा अनुगमन गरेका थिए । बोदे बरसाइनमा दुई वटा औषधि पसल सिल गरिएको जनाएको छ ।

तस्बिरः विद्यानन्द राम/मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस