सुनसरी–४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ३२८ मतले अगाडि

जनकपुरधाम । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार कार्कीले तीन सय २८ मतको अग्रता कायम राखेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मंगलबारदेखि पुनः सुरु भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780