प्रधानमन्त्री देउवा आज धनगढी जाँदै

जनकपुरधाम – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश जाँदै छन् । बिहीबार देउवा सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी जान लागेका हुन् ।

धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा आज धनगढी जान लागेको बताइएको छ। देउवा काठमाडौबाट ११ बजे धनगढी उड्ने छन् ।

त्यस्तै दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780