सप्तरीमा आगलागी हुँदा ५ लाखको क्षति

राजविराज – सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लौखरममा विहिबार दिउँसो आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय गंगा प्रसाद मेहताले धान र दाउरा राख्न बनाएको घरमा आगलागी भएको हो । आगलागीमा दुई वटै घर पूर्ण रुपमा जलेको छ भने सो घरमा राखिएको ८० क्विन्टल धान, ४० क्विन्टल दाउरा लगायतका समान जलेर क्षति भएको मेहताले बताए ।

आगलागीको कारण भने यकिन गर्न सकिएको छैन् । आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस