जनमत पार्टीबाट यी पाँच जना बन्दैछन् समानुपातिक सांसद

जनकपुरधाम – डा.चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सांसद पाएको छ । पार्टीबाट प्रत्यक्षतर्फ भने अध्यक्ष डा. राउतले मात्रै चुनाव जितेका थिए ।

प्रतिनिधि सभामा समानुपातिकतर्फ ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको जनमत पार्टीले समानुपातिक सांसद चयन गर्न बिहीबार काठमाडौंमा केन्द्रीय समिति बैठक समेत राखेको थियो ।

सो बैठकबाट समानुपातिक बन्द सूचीमा रहेका नामअनुसारकै सांसद चयन गरी आयोगमा बुझाइएको एक नेताले बताए । उनका अनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटालाई सांसदमा पठाउन लागेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस