सिरहामा पिकअपको ठक्करबाट एकको मृत्यु, एक जना घाइते

जनकपुरधाम – सिरहाको लहान नगरपालिका–३ मा गए राति पिकअप गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

राति करिब साढे ११ बजे ठक्करबाट पैदलयात्री धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए ।

उनीहरू दुवैलाई उपचारका लागि धमिनी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा साहको मृत्यु भएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस