लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध भएका छन् । बुधबार संसदीय दलको बैठकबाट ठाकुरलाई सर्वसम्मतले चयन गरेको हो ।

लोसपाका अध्यक्ष समेत रहेका ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमापछि छलफल गरेर टुंगो लगाइने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस