प्रदेश–१ का सांसदको शपथ आज

विराटनगर – प्रदेश १ का प्रदेशसभा सदस्यले आज शपथ लिने भएका छन् । आज दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सांसदले शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे शपथ गराउनेछन्।

त्यसपछि उनले ९२ जना सांसदलाई शपथ गराउने कार्यकम तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस