नेपाल–भारतको सम्बन्ध अझैं सुदृढ होस् भन्ने हाम्रो चाहना : राजदूत श्रीवास्तव

राजविराज, २० माघ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध अझैं सुदृढ बनोस् भन्ने भारत सरकारको चाहना रहेको बताएका छन् ।

उनले शुक्रवार सप्तरीको राजविराजमा ‘भवनहरुको संयुक्त समुद्घाटन समारोह’मा बोल्दै यस्तो बताएका हुन् । ‘भारत र नेपालको सम्बन्ध अझैं सुदृढ बनोस् भन्ने भारत सरकारको चाहना हो’ उनले भने, ‘र, म यहाँ आउँदा थाहा पाए की नेपाल र भारत कति नजिक छ, दुवै देशको विकाससँगै थप सम्बन्ध सुदृढ होस् भन्ने मेरो पनि चाहना हो ।’

उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा आफुहरु खुशी रहेको बताए । ‘सप्तरी जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा म र भारत सरकार खुशी छ’ उनले भने, ‘स्वास्थ्य र शिक्षा नै महत्वपूर्ण कुरा रहेकोले यसमा हाम्रो मैत्रीपूर्ण सहयोग रहिरहन्छ ।’

सप्तरीमा भारत सरकारका केही योजनाहरु अलपत्र रहेको उल्लेख गर्दै राजदूत श्रीवास्तवले छिट्टै ती योजनाका कार्य पनि अघि बढाइने प्रतिवद्धता व्यक्त गरे । ‘भारत सरकारका केही योजनाहरु लामो समयदेखि पूरा हुन सकेको छैन्, ती योजना पूरा गर्न सबैको सहयोग चाहिन्छ’ उनले भने, ‘सुझावका लागि पनि सबैसँग आग्रह गर्दछु, कन्या छात्रावासको विषयमा पनि यहाँका जिल्ला समन्वय समितिबाट प्रस्ताव आओस् र हामी सोही अनुसार काम अघि बढाउनेछौं ।’

राजदूत नवीन श्रीवास्तवले भारत सरकारको सहयोग गजेन्द्रनारायण सिंह अस्पतालको हाताभित्र निर्माण गरिएको आकष्मिक प्रसूति भवन, बोरियास्थित नरेन्द्र मेमोरियल जनता मावि भवन र डाक्नेश्वरी नगरपालिकास्थित जनता रामेश्वर मेमोरियल मावि भवनको उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव, राष्ट्रियसभा सदस्य शेखरकुमार सिंह, प्रदेश सांसद किरणकुमारी साह, पूर्व मन्त्री जितेन्द्रनारायण देव लगायतले पनि सम्बोधन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780