सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई दिएको समर्थन भने कायमै

जनकपुरधाम – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकमा सहभागगी एक नेताले जानकारी दिए।

सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो।

रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ। रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस