सिरहाबाट ४ लाख ३५ हजार नक्कली नोटसहित दुई जना पक्राउ

राजविराज — सिरहाको लहान नगरपालिकाबाट ४ लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९ का ३० वर्षीय मोहम्मद ओसिन र लहान–१० का २२ वर्षीय मोहम्मद राज शेख छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिवार साँझ लहान–८ स्थित पशुपति माध्यमिक विद्यालयनजिकको रोडबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ सय ३५ थान १ हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, २ थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा १ हजार ५५ रुपैयाँसमेत बरामद भएको छ ।

उनीहरुलाई बरामद सामानसहित कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस