रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज पुनः बस्दै छ । शनिबार राति साढे ८ बजेदेखि आकस्मिक रूपमा बसेको रास्वपाको बैठकमा आज साढे ११ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने सहमति भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिबार राति बसेको बैठक निष्कर्षहिन बनेको हो ।

प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिनेछ। बैठकले सहकारमा सहभागीता, मन्त्रालयको दाबी र सत्ता गठबन्धनको सहयात्राका विषयमा छलफल गर्ने उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस