आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशको उपाध्यक्षमा मधेशलाइभकर्मी प्रिया

राजविराज – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशको उपाध्यक्षमा मधेश लाइभ डटकमकी सम्पादक पार्वतीकुमारी सिंह (प्रिया सिंह थारु) चयन भएकी छन् । शनिवार महोत्तरीको बर्दिवासमा आयोजना गरिएको प्रदेश स्तरीय विशेष भेलाले उनी उपाध्यक्षमा चयन भएकी हुन् ।

त्यस्तै, समितिको अध्यक्षमा दुष्यन्त चौधरी र महासचिवमा बृजमान तामाङ चयन भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष प्रमेश बादेको अध्यक्षता तथा संघीय अध्यक्ष गजुर्धन राईको प्रमुख आतिथ्यमा आयोजित भेलाले २१ सदस्यीय मधेश प्रदेश समिति गठन भएको छ ।

गठित समितिको अर्का उपाध्यक्षमा अनिता चौधरी, सचिवमा रेणु चौधरी र कोषाध्यक्षमा ज्वोती तामाङ सर्वसम्मत चयन भएका छन् । त्यस्तै, समितिको सदस्यहरुमा जितेन्द्र प्रसाद चौधरी (सप्तरी), शम्भु चौधरी (सिराहा), नवीन चौधरी (बारा), शम्भु चौधरी (पर्सा), बुधन चौधरी (बारा), उदय पाख्रीन (सर्लाही), मनोज थापा (महोत्तरी) लगायतका छन् ।

भेलामा वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष कमान देवान, महासचिव मिलन लिम्बु र प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर प्रदेश, प्रतिनिधिहर, विभिन्न जिल्लाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस