माओवादी केन्द्र पनि मधेस प्रदेश सरकारमा सहभागी हुँदै

जनकपुरधाम – नेकपा माओवादी केन्द्र पनि मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन लागेको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र उद्योग, पर्यटन तथा वन राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदैछ । उद्योग मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीको तयारी रहेको स्रोतले जनाएको छ ।

दुवै मन्त्रीको शपथ मङ्गलवार दिउँसो हुने बताइएको छ । मधेश प्रदेशमा ९ जना सांसद रहेको माओवादी केन्द्र यसअघि गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी भएको थिएन ।

Author:



क्याटोगरी छान्‍नुहोस