११ दिन हिँडेर काठमाडौं पुगेका मिटरब्याजी पीडितद्वारा खुलामञ्च अगाडि प्रदर्शन

काठमाडौं – सप्तरीसहित तराईका विभिन्न जिल्लहरुबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार प्रदर्शन गरेका छन् ।

उनीहरुले खुलामञ्च गेट अगाडि प्रदर्शन गरेका हुन् । पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएको छ ।

खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै गेटमा नै धर्नामा बसेका छन् । पीडितहरुले महानगर पालिकाले रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका छन् ।

मिटर ब्याजी पीडितहरुले खुला मञ्चमा बिरोध कार्यक्रम गर्न मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे नदिएको उनीहरुले बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780