जसपामा मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालमा मन्त्री छान्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको हो ।

जसपाले दुई मन्त्री र एक राज्यमन्त्री पाउने गरी गठबन्धनमा छलफल भएको थियो । सोहीअनुसार गठबन्धनमा छलफल भएको र आजै दलहरुसँग छलफल गरेर अन्तिम टुंगो लाग्ने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस