बारामा एसईई सुरु भएको केही मिनटमै प्रश्नपत्र ‘आउट’ !

जनकपुरधाम – बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एसईई परीक्षा सुरु भएको केही मिनटमै प्रश्नपत्र ‘आउट’ भएको छ । पहिलो दिनको परीक्षा अन्तर्गत अंग्रेजी विषयको प्रश्नपत्र ‘आउट’ भएको हो ।

विहान ८ बजेदेखि परीक्षा सुरु भएको थियो । परीक्षा सुरु भएको केही मिनटमै प्रश्न पत्र ‘आउट’ भएसँगै सामाजिक सञ्जालमा छ्यापछ्यापी हुन पुगेको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले प्रश्नपत्र बाहिरिएको विषय आइसकेपछि टोलीसहित स्थलगत पुगेर अनुसन्धान थालेको बताए । ‘हामी प्रश्न पत्र बाहिरिएको विषयमा च्यूटाँहामा पुगेर अनुसन्धान गर्दैछौं, मोबाइलमार्फत भित्रबाट प्रश्न पत्र आउट भएको देखिन्छ, अब बाहिरबाट भित्र गएको हो कि होइन भन्ने विषयमा अनुसन्धान हुँदैछ’ उनले भने, ‘त्यो मोबाइल चलाउनेलाई नियन्त्रणमा लिएका छौं र केही समयपछि हामी निर्णय लिन्छौं

Author:



क्याटोगरी छान्‍नुहोस