img img img

थप ३८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १७१

काठमाडौं : थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६५६ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११८ र एन्टीजेनबाट ५३८ नूमना परीक्षण गर्दा पीसीआरबाट १५ र एन्टिजेनबाट २३ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा सात जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७१ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Author:

क्याटोगरी छान्‍नुहोस