प्रेस मञ्च नेपालको जनकपुरधाम घोषणा–पत्र जारी, यस्ता छन् बुँदाहरु

जनकपुरधाम – प्रेस मञ्च नेपालले शनिबार जनकपुरधाममा बसेको संघीय समितिको विस्तारित बैठकबाट ९ बुँदे जनकपुरधाम घोषणा–पत्र जारी गरेको छ ।

संघिय समितिका अध्यक्ष कमन देवानको अध्यक्षतामा आयोजित बैठकबाट ९ बुँदे जनकपुरधाम घोषणा–पत्र जारी गरेको हो । लोकतन्त्र, गणतन्त्र, संघियता, पहिचान र प्रेस स्वतन्त्रता संगठनको मुल मर्म रहेको रहेको भन्दै ती विषयहरुलाई पुर्ण संस्थागत गर्न बैठकबाट माग गरिएको छ ।

त्यस्तै, श्रमजिवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन, समानुपातिक विज्ञापन नीतिको पुर्ण कार्यान्वयनसँगै मिडिया समवन्धी कानुन वनाउँदा प्रेसमैत्री कानुन निर्माण गर्न सरोकारवालाहरुसँग बैठकबाट माग गरिएको छ भने नेपाल पत्रकार महासंघको समावेशी र साझ चरित्रलाई पछिल्लो समय समाप्त पार्ने प्रयास भईरहेको उल्लेख गर्दै महासंघको पछिल्लो गतिविधीहरुमा केही सिमित संगठनलाई मात्र सहभागी गराउने कार्यले साझा चरित्र नै समाप्त गर्ने षड्यन्त्र भएको बैठकबाट ठहर गरेको छ ।

त्यस्ता क्रियाकलापप्रति बैठकबाट खेद प्रकट गर्दै आगामी दिनमा महासंघको साझा चरित्र जोगाउन र सिण्डीकेट प्रणाली अन्त्य गर्न मञ्चका महासचिव अवधेशकुमार झाले जारी गरेको प्रेस विज्ञप्तिमा आग्रह गरिएको छ ।

त्यस्तै, मधेश प्रदेश आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई स्वायत निकायको रुपमा विकसित गर्दै साधन–स्रोत सम्पन्न बनाउन माग गरिएको छ भने बैठकमा कोषाध्यक्ष प्रतिमा चौधरीद्वारा प्रस्तुत संघिय समितिको आर्थिक अभियान प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

त्यस्तै, मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोतरी, रौतहट र सर्लाही जिल्ला तथा कोशी प्रदेशको धनकुटा जिल्लामा सम्पन्न जिल्ला अधिवेशनलाई अनुमोदन गर्दै निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक हार्दिक बधाई दिने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, एक महिनाभित्रै संगठन सुदृढीकरण र सदस्यता बिस्तारको कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन बैठकले निर्देशन गरिएको छ भने नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्री बन्नुभएका जनता समाजवादी पार्टी, नेपालका संघिय परिषद् अध्यक्ष अशोककुमार राईलाई सो बैठकबाट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

त्यस्तै, मधेश प्रदेशको राजधानी जनकपुरधामको बृहतर बिकास तथा मिथिला संस्कृतिको सम्बर्धन गर्न बैठकबाट माग समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस