मिटरब्याजबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास छैन : संघर्ष समिति

जनकपुरधाम – किसान मजदुर संघर्ष समितिले मिटरब्याज र ठगीबारे सरकारले व्यक्त गरेको प्रतिबद्धताप्रति विश्वास नभएको जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै समितिले सरकारको प्रतिबद्धतामा आफूहरू सशंकित रहेको जनाएको हो । सरकारले यसअघि पनि पीडितसँग पटकपटक मिटरब्याजीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको भएपनि कारवाही नगरेकाले सरकारप्रति विश्वास गर्न नसकिने समितिको भनाइ छ ।

संघर्ष समितिले यही चैत २० गतेदेखि निर्णायक संघर्ष गर्ने तय गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ

Author:



क्याटोगरी छान्‍नुहोस