मेयरको नामबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

रौतहट । नगर प्रमुखको सट्टा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको सट्टामा एसईई दिंदै गरेका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्लाको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई जिल्ला प्रशासन कार्यालयको परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह पेशाले इन्जिनियर रहेको र नगर प्रमुख साहको ज्वाइँ रहेको बुझिएको छ। रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितको अनुगमन टोलीले नक्कली परीक्षार्थी कमल साहलाई पक्राउ गरेको पुष्टी गरे ।

उनीमाथि परीक्षा नियमावली अनुसार कारवाही हुने एसपी बुढामगरले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस