सर्लाहीका पूर्व उप–जिशिअ तिमल्सिना लगायतका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम – सर्लाहीका तत्कालीन उप जिल्ला शिक्षा अधिकारी तथा हाल सर्लाहीको लालबन्दी नगरपाकिामा कार्यरत वासुदेव तिमल्सिना लगायत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

दरबन्दी नै नभएका शिक्षकको सरुवा पदस्थापन गरेको भन्दै तिमल्सिनामाथि मुद्दा दायर भएको हो । यस्तै अख्तियारले सोही प्रकरणमा साविक श्री डिम जनता उच्च माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीका तत्कालीन प्राचार्य हाल रामअवतार जनता माध्यमिक विद्यालय, हरिवन, सर्लाहीका प्रधानाध्यापक नारायण प्रसाद बराल र श्री केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपूर्वा, सर्लाहीका शिक्षक पाँचु रायविरुद्ध मुद्दा दायर गरेको हो ।

ciaa press release
Author:



क्याटोगरी छान्‍नुहोस