बारा–२ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

जनकपुरधाम — नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्वर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा सो निर्णय भएको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्ताव राखेका थिए ।

वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट जसपाले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस