सीके राउतले मानसिक सन्तुलन गुमाएकै हो त ?

कुमार आनन्द
नेपालको राजनीतिमा यतिबेला जनमत पार्टीका अध्यक्ष सीके राउतको पछिल्ला घटिया स्तरका अभिव्यक्ति र गैरराजनीतिक व्यवहारले चर्चा पाएको छ । मधेशको माग र मुद्दामा केन्द्रित हुनुको साटो जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरी गालीगलौजमै उत्रेका छन् । उपेन्द्र यादवले उम्मेदवारी नै नदिएको अवस्थामा सीके राउतले भ्याएसम्मको बुता लगाएर आफ्नो चरित्र आफै उदाङ्गो गर्नमा व्यस्त छन् । उपेन्द्र यादवलाई लक्षित गरी झुठा र गलत कुराहरु सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरेर फेरी जनतालाई झुक्याउन शुरु गरेका छन् ।

केही दिन अघि बारामा आयोजित कार्यक्रममा सीकेले बारा जिल्लामे कोइ माइका लाल है कि नही ? उपेन्द्रलाई फिरङ्गी भन्दै चोरसम्मको संज्ञा दिँदै आफ्नो राजनीतिक चेतनाको परिचय दिएका छन् । उपनिर्वाचनमा उपेन्द्र यादव उम्मेदवार बन्नु हुँदैन । उनलाई जसरी भए पनि बाराबाट लखेट्नुपर्छ जस्ता घटिया स्तरका अभिव्यक्तिहरु दिँदै बहुलाएका छन् । उनको बखुलाहट भ्रमको खेती गर्ने फेकबुकीया नेताको रुपमा सीकेलाई वौद्धिक जमातले विष्लेशन गर्न थालेका छन् । सीके र उनका कार्यकर्ताहरुको आक्रामक एवम् घटिया शैलीले उपेन्द्र यादवको कद झन बढ्दै गएको छ भने आशलाग्दो वौद्धिक नेताको रुपमा टिप्पणी गर्नेहरु पनि सीकेको वौद्धिक स्तरको असलियत बुझ्न पाएका छन् ।

जबकी मधेश विद्रोहका कमाण्डर उपेन्द्र यादव जतिबेला राजनीतिमा जल्दाबल्दा युवा नेताको रुपमा चिनिएका थिए । प्रजातन्त्र प्राप्तिका लागि भएको २०३६ सालको पञ्चायत विरोधी आन्दोलनमा उपेन्द्र गोली लागेर घाइते भएका थिए । त्यतिबेला सीके राउत लगभग दुई वर्षको बच्चा थियो । कम्युनिष्ट आन्दोलनबाट खारिदै मधेश र मधेशी समुदायको विषयमा अध्ययन अनुसन्धान पश्चात वौद्धिक व्यक्तित्वहरुको सहभागितामा मधेशी जनअधिकार फोरम नेपाल नामक राजनीतिक सङ्गठनको माध्यमले मधेशमुक्ति आन्दोलनमा लागेका हुन् । विभिन्न आरोह अवरोह पार गर्दै कठोर आन्दोलनलाई निरन्तरता दिए । अन्ततः मधेश विद्रोहलाई उचाईमा पुर्याउन उनी सफल पनि भए ।

मधेशी जनता अर्थात कालो अनुहारलाई भैया, मर्सिया, मदिसे ईत्यादी उपनामले अपमानित हुनु परेको थियो । तर आज २२ जिल्लाको पूर्ण मधेश नभए पनि ८ जिल्लाको मधेश स्थापित भएको छ । पहिचानको आधारमा आज मधेश प्रदेश बनेको छ । यहाँका जनताले गर्वले मधेश प्रदेशका वासिन्दा भन्न पाएका छन् । मधेशका बाँकी जिल्लाहरुमा समेत उनले पहिचानवादी पक्षधरहरुलाई जोड्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।

न कसैप्रति रिस, राग र द्वेष नै । उनी आफ्नो मिसनमा मधेशी, दलित, जनजाती, आदिवासी, थारु, मुस्लिम लगायतका पछाडि पारिएका वर्ग एवम् समुदायको हक अधिकार प्राप्तिका लागि अनवरत अगाडि बढिरहेका छन् । जीवनमा उनले अपमान र आलोचनाबाट कहिले पनि डराएका छैनन् । नीलकण्ठ जस्तै विषपान गरेर भए पनि आफुलाई धैर्यवान र उच्च नैतिकवान वौद्धिक नेताको रुपमा परिचय बनाउन सफल छन् ।

सप्तरी २ बाट सीकेसँग पराजय भएका उपेन्द्र उपनिर्वाचनमा बारा २ बाट चुनाव लड्न लागेका छन् । बाराका धर्तीपुत्र मा. सरोजकुमार यादवलाई मुख्यमन्त्री जस्तो प्रदेशको सुप्रिम पद र अर्का धर्तीपुत्र मा. रामसहाय प्रसाद यादवलाई जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित गराउन सफल भए पछि सर्वसाधारण जनता अति हर्षित छन् ।

बाराका सन्तनेता रामसहायलाई हराउनका लागि गठबन्धनलाई समेत धोका दिँदै भ्याएसम्मको बुता लगाएका थिए सीके र उनका कार्यकर्ताहरुले । रामसहायलाई हराउनकै लागि ममता झालाई उम्मेदवार बनाई उपराष्ट्रपतिमा महिलै हुनुपर्छ भन्दै नेपालको संविधानको समेत अपब्याख्या गर्दै हदैसम्मको भ्रम फैलाए । उपराष्ट्रपतिमा मा. रामसहायलाई पराजित गराउन असफल भएपछि उनी आमजनतामा राजनीतिक संस्कारहीन भाषण दिनुका साथै आफ्ना कार्यकर्तालाई जातीय तथा धार्मिक द्वन्द्व श्रृजना गर्न झुठा एवम् स्तरहीन भ्रामक कुराहरु जनमानसमा फैलाउन लगाएका छन् । सामाजिक एकता एवम् सद्भावलाई विथोल्न खोज्नेहरुलाई बाराका तमाम न्यायप्रेमी जनताले जवाफ दिने नै छन् ।

हदैसम्मका गैर राजनीतिक क्रियाकलापहरु गरेर वितन्डा मच्चाई रहँदा पनि मधेशका मसिहा दुरदर्शी नेता उपेन्द्र यादवले उक्त विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । दुःखमा नआत्तिने र खुशीमा नमात्तिने वौद्धिक तथा भद्र नेता उपेन्द्रले हमेशा देशलाई जोड्ने काम गरेका छन् । हिमाल, पहाड र मधेश जोड्ने पार्टीका कमाण्डर उपेन्द्र अहिलेसम्म राष्ट्रिय एकता र अखण्डताको पक्षमा वकालत गदैआएका छन् । जतिबेला सिङ्गो मधेश विद्रोहको बागडोर उनकै हातमा थियो, उनले भड्किलो भाषण गरेर जनतालाई उचाल्न सक्नुहुन्थ्यो तर त्यतिबेला अत्यन्तै संयमित भएर देशभित्रै पहिचान सहितको अधिकारसम्पन्न स्वायत मधेशको वकालत गरिरहे । उनकै सुझबुझका कारण देश ठूलो दुर्घटनाबाट जोगिएको कुरा कसैबाट लुकेको छैन । पहिचानवादी नेता उपेन्द्रकै अथक योगदानले गर्दा आज देश सङ्घीयताको अभ्यासको क्रममा रहेको छ । अधिकार सहितको सङ्घीयताको वकालत गर्दै आएका उनी विरुद्ध सङ्घीयता विरोधीहरु हदैसम्मको षड्यन्त्रमा लागेका छन् । छालाको रङ्गकै आधारमा अपमान सहँदैआएका मधेशका जनताले गर्वले मधेशी बन्न पाएका छन् ।

उनी प्रतिनिधिसभामा निर्वाचित भएर संसदमा पुग्न लागेको भनी डरले यतिबेला तमाम सङ्घीयता विरोधीहरुको होस उड्न थालेका छन् । सङ्घीयता विरोधीहरु उपेन्द्र यादवलाई जसरी भए पनि संसदीय राजनीति बाहिर राख्नुपर्छ भन्दै निषेधको राजनीति शुरु गरेका छन् । यहाँसम्म कि उपेन्द्रलाई सीके राउतले फिरङ्गीको संज्ञा दिन पछि परेन । जो चोर उसैको ठूलो शोर भने झैं उनी आफु विदेशीको ईशारामा देशलाई नै टुट्याउने मात्र नभई नेपालआमालाई वेष्यासम्मको संज्ञा दिन पछि परेन । आज उपेन्द्रको नेतृत्वमा तयार भएको ग्राउण्डमा सीके राउतले घृणित राजनीतिको ताण्डव मच्चाउन थालेका छन् । मधेशका मसिहा उपेन्द्र यादव चुनाव लड्नुहुँदैन भन्दै उनी अतालिएका छन् । रिसको झौंकमा उनी मानसिक सन्तुलन गुमाएका झैं बरबराउन थालेका छन् ।

सीकेले मधेशका लागि के गरे ? भने प्रश्न आमजनमानसबाट उठ्नु जरुरी छ । जुन भूमीमा उभेर आज सीकेले बरबराउने गर्छन्, त्यो भूमीको नाम मधेश प्रदेश राख्नका लागि धेरै त्याग गरेका छन् उपेन्द्र यादवले । जतिबेला उपेन्द्र यादवको नेतृत्वमा २२ जिल्लाको समग्र मधेश स्वायत्त प्रदेशको मुद्दा स्थापित हुने क्रममा थियो, त्यतिबेला विदेशी शक्तिका गोटी सीके राउतले देश नै टुक्र्याउने अर्थात स्वतन्त्र मधेशको कुरा उठाएर मधेशलाई कमजोर पार्ने काम गरे । अधिकार सहितको सङ्घीयता स्थापित गराउने योद्धा उनै उपेन्द्र यादव हुन् । बाँकी अधिकार प्राप्तिका लागि अविरल अविच्छिन्न रुपमा सङ्घर्षरत छन् उनी ।

उपेन्द्र यादव चुनाव लड्नुहुँदैन भन्ने मनुवाहरुलाई लाज हुनुपर्ने थियो । कुनै पनि पार्टीको राष्ट्रिय अध्यक्ष चुनावमा पराजय हुनु दुःखद् हो । देश र जनताको हितमा काम गर्नका लागि जनताले पुनः भारी मत दिएर जिताएको र राजनीतिक दलहरुले पनि उक्त कार्यमा सहयोग गरेको इतिहास छ । चर्चित नेता कृष्ण प्रसाद भट्टराई, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरु पराजित भएको र पुनः चुनाव जितेर देशको प्रधानमन्त्रीसम्म बनेका छन् । उनीहरु आफु जन्मेकै ठाउँबाट चुनाव लड्नुपर्छ भन्ने कुतर्क गर्नु कुत्सीत मानसिकताको उपज हो ।

जनयुद्ध, एतिहासिक जनआन्दोलन, मधेश विद्रोह लगायतका कुनै पनि आन्दोलनमा कुनै किसिमको भुमिका नभएका सीके राउतको उदण्ड एवम् महत्वहीन भाषाले कुनै अर्थ राख्दैन । नेपालको संविधान अनुसार योग्यता पुगेका नेपाली नागरिक देशको जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने कुरा तथाकथित वैज्ञानिकलाई थाहा हुनुपर्ने हो ।

भारतको निर्वाचनमा समाजवादी नेता डा. राममनोहर लोहिया निर्वाचनमा पराजित हुँदा पनि भारतीय तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले उनको उपस्तिथिलाई महत्व दिएर प्रतिनिधित्व गराएको इतिहास छ । पहिलो संविधानसभामा माधवकुमार नेपाल पराजित हुँदा वर्तमान प्रधानमन्त्री दाहालले जोडवल गरेर संविधानसभामा स्वागत गरेको इतिहास विर्सिनु हुँदैन ।

सीके राउत चुनाव जितेर गए पछि नैतिक रुपमा पनि उपेन्द्र यादवलाई सहयोग गर्नुपर्ने थियो । चुनावका बेला जनताले भन्ने गर्थे कि मधेशको लागि उपेन्द्र यादव र सीके राउत दुवै चाहिन्छ । दुवै आवाज हाउसभित्र गुञ्जिनुपर्छ । उपेन्द्र पराजय भएपछि देशैभरिका वौद्धिक व्यक्तित्वहरुले हाइसोच गरेका थिए । उनको पराजयमा मधेश मात्र होइन, पहाड र हिमाल चिन्तित छन् । मधेशी, महिला, दलित, आदिवासी, जनजाती, मुस्लिम, सिमान्तकृत समुदायका लागि आवाज मुखरित गर्ने नेता उपेन्द्रको सङ्घीय संसदमा उपस्थिति अपरिहार्य रहेको कुरा परिवर्तन एवम् सङ्घीयता पक्षधरहरु महशुष गरिरहेका छन् ।

कठोर सङ्घर्षमा रहेका नेता उनले सप्तरीको मुहार फेर्न शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधारका क्षेत्रमा दर्जनौं कामहरु अगाडि बढाए । केही पुरा भईसकेको छ भने कतिपय कामहरु पुरा हुने क्रममा छन् । निर्वाचन उनलाई सप्तरी २ मा पराजय हुँदा पनि पीडाबोध छैन । सप्तरीको आमूल परिवर्तनका लागि गरेका कार्यहरुले पूर्णता नपाउँदा त्यहाँका जनता पछुतो मानिरहेका छन् । किनभने उपेन्द्र यादवले अगाडि बढाएका कार्यहरुलाई सङ्कीर्ण सोचबाट ग्रसित सीके राउतले त्यसतर्फ वास्ता गरेको छैन । गलत निर्णयले गर्दा सप्तरीको विकास झन् पछाडि पर्दैगएको छ ।

फिरङ्गी उम्मेदवार समेत भन्दै जनतालाई भ्रमित पार्दै हिंडेका सीके भन्दैछन् कि उपेन्द्र बारा २ बाट चुनाव लड्नु हुँदैन । कस्तो मुख्र्याइँ कुरा गर्दैछन् एउटा बच्चाले बुझ्ने कुरा हो उनले उम्मेदवार बन्नु हुँदै भन्ने कुरा कुन संविधान वा विधानले रोकेको छ । पहिचान सहितको मधेश बनाउने नायक पनि उपेन्द्र यादव नै हुन् ।

स्वन्त्र मधेश सहितका मुद्दा केपी ओलीको चरणमा समर्पण गरेका सीके विदेशी गोटी बनेर मधेशलाई नै समाप्त पार्नमा जुटेका छन् । राउतको पनि लडाई सिंहदरबारसँग हुनुपर्नेमा मधेश मुक्ति आन्दोलनका कमाण्डर उपेन्द्रलाई राजनीतिमा निषेध गर्नमै केन्द्रित छन् । उनका कार्यकर्ताहरु पनि जनतामा उपेन्द्र यादव विरुद्ध भ्रम फैलाएर सङ्घीयता मात्र होइन, मधेशको अस्तित्व नै समाप्त पार्ने दाउमा छन् ।

बाराका जनता सचेत छन्, आफ्नो छातीमा हात राखेर निर्णय गर्ने नै छन् । तर सीके राउतका पछिल्ला गतिविधिहरु हेर्दा प्रश्न उठ्नु स्वाभाविकै हो, के सीके राउत बहुलाएकै हो ? यदि विदेशी शक्तिको ईशारामा बहुलाएकै हो भने बाराका धर्तीपुत्र मा. रामसहायलाई उपराष्ट्रपतिमा हराउनका लागि षड्यन्त्र गरेका सीकेलाई मुहतोड जवाफ दिनै पर्दछ ।

बाराका जनता सचेत छन्, आफ्नो छातीमा हात राखेर निर्णय गर्ने नै छन् । तर सीके राउतका पछिल्ला गतिविधिहरु हेर्दा प्रश्न उठ्नु स्वाभाविकै हो, के सीके राउत बहुलाएकै हो ? यदि विदेशी शक्तिको ईशारामा बहुलाएकै हो भने बाराका धर्तीपुत्र मा. रामसहायलाई उपराष्ट्रपतिमा हराउनका लागि षड्यन्त्र गरेका सीकेलाई मुहतोड जवाफ दिनै पर्दछन् । संङ्घीयता, मधेशको पहिचान र समावेशिता स्थापित गराउने योद्धा उपेन्द्र यादवलाई बाँकी अधिकारप्राप्तिका लागि जिताएर संसदमा पठाउने अभिभारा बारा २ का मतदाताको काँधमा आएको छ । ऐतिहासिक अभिभारा पुरा गर्न बारावासी एकतावद्ध भएर लाग्नु जरुरी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस