खान अटोमोवाइल्स् बने सबैभन्दा बढी बजाजको ‘बाइक’ बिक्री गर्ने डिलर

सप्तरी – राजविराजका लागि अधिकृत बिक्रेता ‘खान अटोमोवाइल्स् एण्ड इलेक्ट्रोनिक्स प्रालि’ यो वर्षको सबैभन्दा बढी बजाजको मोटरसाइकल बिक्री गर्ने डिलर बनेको छ ।

नेपालका लागि अधिकृत बिक्रेता हशंराज हुलासचन्द्र कम्पनी (एचएच)ले २५ औं वार्षिकोत्सव कार्यक्रममा खान अटोमोवाइल्स्लाई ‘हाईएस्ट मार्केट शेयर गेनर’को रुपमा सम्मान गरेको छ ।

२०५५सालमा एचएचले नेपालका लागि अधिकृत बिक्रेताको डिलर लिएकै वर्ष खान अटोमोवाइल्स्ले पनि राजविराजका लागि डिलरसिप लिएको थियो ।

हाल देशभरका विभिन्न ठाउँमा १२६ वटा बजाजका डिलर रहेको छ । जसमध्ये खान अटोमोवाइल्स्ले यो वर्ष सप्तरीमा ६२ प्रतिशत मोटरसाइकल बिक्री गरेको अटोमोवाइलका सञ्चालक कलिम खानले जानकारी दिए । ‘यो वर्ष जिल्लामा खरिद भएकामध्ये ६२ प्रतिशत बजाजका मोटरसाइकल रुचाएका छन्’ उनले भने, ‘जसअनुसार वर्षभरिमा विभिन्न मोडलका ८२७ वटा मोटरसाइकल प्रयोगकर्ता समक्ष पुर्याएका छौं ।’

उनले जिल्लावासीको माया, स्नेह र शुभेच्छाले खान अटोमोवाइल्स् देशभरकै अन्य डिलरभन्दा उत्कृष्टता प्राप्त गरेको प्रति खुशी व्यक्त गरे । ‘बजाजका मोटरसाइकल रुचाइदिएका सप्तरीवासीलाई सहर्ष धन्यवाद, आगामी दिनमा पनि साथ र सहयोग रहने विश्वास लिएको छु’ उनले भने, ‘प्रयोगकर्ताको सुविधाका लागि हामीले बोदे बरसाइन, विसनपुर र कञ्चनपुरमा पनि सब–डिजरका साथै वकसर्प राखेका छौं ।’

उनले आगामी दिनमा व्यवसायी लक्षित विशेष सहुलियतमा मोटरसाइकल उपलब्ध गराउने तयारी रहेको जानकारी गराए ।

‘समान्य व्यवसाय गरिरहेकालाई मोटरसाइकलको आवश्यकता रहदा समेत एकै पटक पैसा तिर्नसक्ने अवस्था नरहेका व्यवसायी लक्षित विशेष सहुलियतमा मोटरसाइकल उपलब्ध गराउने हाम्रो तयारी छ’ उनले भने, ‘जसमा वर्ष दिनसम्म दैनिक किस्तावन्दी गरेर मोटरसाइकल उपलब्ध गराउँछौं, ताकी व्यवसायीलाई थोरै–थोरै गरेर पैसा तिर्न सहज होस् र व्यापार व्यवसाय पनि बढोस् ।’

Author:



क्याटोगरी छान्‍नुहोस