अश्लील हर्कत गर्ने जनमत पार्टीका सांसदलाई कारबाहीको माग गर्दै प्रदर्शन

जनकपुरधाम – राष्ट्रिय एकता अभियानले अश्लील हर्कत गर्ने जनमत पार्टीका उपाध्यक्ष एवम् सांसद अब्दुल खानलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । खानले ह्वाट्सएपमा एउटी महिलासँग अश्लील हर्कत गर्दै गरेको भिडिओ बाहिरिएपछि अभियानले उनको सांसद पद खारेज गरी कारबाही गर्न माग गरेको हो ।

अभियानले सोमबार काठमाडौंस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयको अगाडि प्रदर्शन गरेको छ । अभियानका सहभागीहरुले अश्लील हर्कत गर्ने सांसद अब्दुल खानलाई बर्खास्त गर, अश्लील सांसद अब्दुल खान मुर्दावाद, संसदको गरिमासँग खेलवाड गर्ने सांसद राजीनामा दे, सीके राऊत होसमा आउ, अश्लील सांसदलाई कार्यवाही गर, अश्लील सांसद खान को संरक्षक सीके राऊत मुर्दावाद जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साह लगायत राष्ट्रिय विधार्थी परिषदका महासचिव पप्पू यादव, केन्द्रीय सदस्य मिना साह, चन्द्र यदुवंशीसहितको उपस्थिति रहेको थियो ।

बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका–११ ओसीपुर निवासी खानको सो लज्जास्पद हर्कत बाहिएपनि जनमत पार्टीले भने कुनै प्रतिक्रिया जनाएको छैन् । खान जनमत पार्टीका समानुपातिकबाट प्रतिनिधिसभा सदस्य हुन् भने हाल उनी पार्टीका संसदीय दलको उपनेता समेत हुन् ।

पछिल्लो पटक जनमत पार्टी सरकारमा रहदा खानले खानेपानी मन्त्रालयको जिम्मेवारी समेत पाएका थिए । पछि गत चैत्र १७ गते शुक्रवार खानले मन्त्री पदबाट राजीनामा दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस