उपेन्द्र यादवलाई भारी मतले जिताउन सांसद जयसवालको अनुरोध

बारा, २ वैशाख । मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवालले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अत्यधिक मतले जिताउन अनुरोध गरेका छन् ।

पर्सा जिल्लाको ३ (१) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद जयसवालले शनिवार अपिल जारी गर्दै वैशाख १० गते हुन गईरहेको उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतले विजयी गराउन उनले अनुरोध गरेका हुन् । मधेश आन्दोलनको नेतृत्व गरी मधेशका सवालहरु सम्बोधन गराउन र देशमा सङ्घीयता स्थापित गराउन अतुलनीय योगदान गर्दै आउनुभएका उपेन्द्र यादवको सङ्घीय संसदमा उपस्थितिले मात्र सम्बोधन हुन बाँकी नागरिकता लगायतका मधेशका सवालहरु र सङ्घीयता कार्यान्वयनका बाँकी कार्यहरु पुरा हुन सक्ने भएकोले तथा प्रदेशसभाबाट पनि हामी प्रदेश सांसदहरुले उठान गर्ने विषयहरु समाधान गराउन समेत केन्द्रीय तहमा अभिभावकीय भूमिका खेल्न वहाँको आवश्यकता अपरिहार्य रहेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

स्वतन्त्र प्रदेश सभा सदस्य जयसवालद्वारा जारी अपिलमा भनिएको छ ‘बारा २ का मेरा सम्पूर्ण मित्र, शुभचिन्तक, संघसंस्था, उद्योगी, व्यवसायी, अभियानकमी र आमनागरिकलाई अत्यधिक मतदान गरी गराई सगौरव सदनमा पठाई बारा, पर्सा रौतहट लगायतका सबैको शान बढाउन सबैमा हादिक अपिल गर्दछु ।’ मधेश जनविद्रोहका कमाण्डर उपेन्द्र यादवको समर्थन एवम् जनलहर बढ्दैगएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस