राजविराज कारागारका एक कैदीको मृत्यु

राजविराज – सप्तरीको राजविराज कारागारका एक कैदीको शुक्रबार मृत्यु भएको छ । मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका जिल्लाको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको मृत्यु भएको हो ।

बिरामी भएपछि उनलाई विहीबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । थप उपचारको लागि कोशी अस्पताल विराटनगर पुर्याइएका यादवको मृत्यु भएको कारागार जेलर किशोरकुमार रामले बताए । मृतकका श्रीमती मञ्जुदेवी यादवका अनुसार छारे रोग र कलेजो रोगबाट ग्रसित उनको खुट्टा सुनिएपछि अस्पताल भर्ना गरिएको थियो ।

मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस