कोरोनाबाट थप १ को मृत्यु, थपिए १०६ नयाँ संक्रमित

जनकपुरधाम – पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शुक्रबार थप १ जनाको मृत्युसँगै १०६ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना परीक्षणका लागि कूल १८८३ नमुना संकलनमध्ये पीसीआरतर्फ ५८१ जनामा परीक्षण गर्दा ६४ र एन्टीजेनतर्फ १३०२ जनामा परीक्षण गर्दा ४२ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यस दिन ४६ जना डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस