महिलामाथि अभद्र व्यबहार गर्ने सीके राउतका कार्यकर्ता पक्राउ

बारा, ८ वैशाख । महिला जिस्काएको आरोपमा सीके राउत नेतृत्वको जनमत पार्टीका एक कार्यकर्ता पक्राउ परेको छ ।

पक्राउ पर्नेमा महागढी नगरपालिका– ४ दहियार बस्ने ४० वर्षीय कार्तिक देव पाण्डे रहेको प्रहरी चौकी गञ्जभवानीपुरले जनाएको छ । शुक्रबार राती गञ्जभवानीपुर स्थित पसहा नदिमा महिलाहरूलाई रोकी अभद्र व्यबहार गरेको आरोपमा स्थानीयहरुले पाण्डेलाई पक्राउ गरी प्रहरीलाई बुझाएको छ ।

जनमत पार्टीका ८÷९ जना कर्याकर्ताले पसहा नदीमा महिलाहरुलाई अभद्र व्यबहार गरिरहेको खबर प्राप्त भएपछि प्रहरी तत्काल पुगी पाण्डेलाई नियन्त्रण लिएको छ भने फरार आरोपितहरुको खोजी भईरहेको प्रहरीले जनाइएको छ । महिलालाई अभद्र व्यबहार गरेको आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी कार्यालय कलैया पठाइएको छ ।

स्थानीयका अनुसार यसअघि पनि जनमत पार्टीका कार्यकर्ताले सो नदीबाट आवतजावत गर्ने महिलाहरुलाई जिस्काउँदै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस