बारा–२ मा जनमत पार्टीका कुशवाहाले लिए अग्रता

बारा – प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा भएको उपचुनावमा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता कायम गरेका छन् । उनले समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवलाई पछि अग्रता कायम गरेका हुन् ।

कलैयास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको पछिल्लो मतपरिणामअनुसार कुशवाहाले ८९५ मतसहित अग्रता कायम गरेका छन् ।

२ हजार ८० मत गन्दा यादवले ७८७, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५२३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत पाएका छन् ।

आइतबार भएको उपचुनावमा कुल १ लाख ५ हजार २४८ जना मतदाता रहेको बारा–२ मा करिब ६४ प्रतिशत मतदान भएको थियो । बारा–२ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस