राजविराजमा बजाजको महा एक्सचेन्ज मेला, बाइक किन्दा फ्रिज सित्तैमा

राजविराज – सप्तरीको राजविराजमा बजाजको महा एक्सचेन्ज मेला सुरु भएको छ । राजविराजका लागि बजाज मोटरसाइकलको अधिकृत बिक्रेता ‘खान अटोमोवाइल्स् एण्ड इलेक्ट्रोनिक्स प्रालि’ले बजाज महा एक्सचेन्ज मेलाको आयोजना गरेको हो ।

उक्त मेला बिहिवार (वैशाख १० देखि १४ गते)सम्म चल्नेछ । मेलामा जुनसुकै ब्रान्ड र अवस्थामा रहेका पुराना मोटरसाइकल एक्सेन्ज गर्न सकिन्छ ।

एक्चेन्जमा कुनै पनि मोटरसाइकलको प्रचलित बजार मुल्यांकनभन्दा १० हजार थप दिने गरेको अटोमोवाइल्स्का सञ्चालक कलिम खानले जानकारी दिए ।

त्यस्तै, कुनै पनि १२५ सीसीसम्मको मोटरसाइकल खरिदमा सामसुमको फ्रिज सित्तैमा दिइनेछ भने मोटरसाइकल खरिद गर्दा आकर्षक उपहार, लेग गार्ड, हेलमेट, सिट्कभर, ब्याग समेत उपलब्ध गराइने सञ्चालक खानले बताए ।

उक्त मेलामा ७ प्रतिशतकै ब्याजदरमा फाइनान्सको सुविधामार्फत पनि मोटरसाइकल उपलब्ध गराइनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस