बारा–२ मा कुशवाहालाई पछ्याउँदै पुनः उपेन्द्रको अग्रता

बारा – प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा भएको उपचुनावमा जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछ्याउँदै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायम गरेका छन् ।

कलैयास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको पछिल्लो मतपरिणामअनुसार यादवले २ हजार ६ सय मतसहित अग्रता कायम गरेका छन् ।

कुशवाहाले २ हजार ६७, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ८६१, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत पाएका छन् ।

आइतबार भएको उपचुनावमा कुल १ लाख ५ हजार २४८ जना मतदाता रहेको बारा–२ मा करिब ६४ प्रतिशत मतदान भएको थियो । बारा–२ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस