मधेश प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादी पनि सहभागी, जनमतको मन्त्रालय खोसियो

जनकपुरधाम – मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी) पनि सहभागी हुँदैछ । मंगलबारै मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश सरकारमा कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ भने एकिकृत समाजवादीबाट एक जना मन्त्री सहभागी हुने बताइएको छ ।

कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ । त्यस्तै, जनमत पार्टीको भागमा रहेको कृषि मन्त्रालय खासेर नेकपा (एकीकृत समाजवादी) लाई दिइएको हो ।

सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिने बताइएको छ । त्यस्तै, जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यस्तै, लोसपाले पनि एक मन्त्रालय पाएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780