मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कुशवाहा र सुरिताको जिम्मेवारी खोसियो

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारमा तीन मन्त्री थपिएका छन् ।

मंगलबार मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एक जनालाई मन्त्री नियुक्त गरेका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका कृष्णाप्रसाद यादवले भौतिक पूर्वाधार विकासमन्त्री, सोही पार्टीका वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र नेकपा एसबाट गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री पदको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

यसअघि, भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रीमा जनमत पार्टीका बसन्त कुशवाह थिए । उनको ठाउँमा न्यौपानेलाई ल्याइएको छ भने स्वास्थ्य तथा जनसंख्याबाट जसपाकी नेतृ सुरिता साहलाई हटाएर कांग्रेसका वीरेन्द्र सिंहलाई जिम्मेवारी दिइएको छ ।

पछि व्यवस्थापन गर्ने गरी साह र कुशवाहा हाल बिनाविभागीय मन्त्री छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस