नक्कली शरणार्थी प्रकरणमा आईजीपी कुँवरको संलग्नता छैन : आईजीपीको सचिवालय

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले जनाएको छ ।

बुधबार सचिवालयका प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइँदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी आइजीपीलाई विवादमा तान्नु निन्दनीय रहेको जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाइ आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि दुःखद् रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780