ल्यापटप बाड्ने निर्णयबाट पछि हट्यो कोशी प्रदेशसभा

विराटनगर – प्रदेशसभा सदस्यहरुलाई ल्यापटप बाड्ने निर्णयबाट कोशी प्रदेशसभा सचिवालय पछि हटेको छ । प्रदेशसभाका प्रतिनिधित्व गर्ने दलहरूसहितले चर्को विरोध गरेपछि सांसदहरूलाई बाँड्न भनेर गरिएको ल्यापटप खरिदको टेन्डर रद्द गरिएको प्रदेशसभा सचिवालयले जनाएको हो ।

प्रदेश सरकारले रकमान्तर गरेर पैसा दिएपछि प्रदेशसभा सदस्यलाई डेढ करोड रुपैयाँ बराबरको ल्यापटप वितरण गर्न प्रदेशसभा सचिवालयले टेण्डर आह्वान गरेको थियो । तर, मुलुक आर्थिक संकटमा रहेको भन्दै प्रमुख दल र सांसदहरूले नै विरोध गर्दै ल्यापटप नलिने घोषणा गरेपछि आफ्नो निर्णयबाट प्रदेशसभा पछि हटेको हो ।

सांसदहरू र नागरिक तहबाट समेत प्रदेश सरकारको सो निर्णयको विरोध भएको थियो । सत्तारूढ एमालेको संसदीय दलले पनि ल्यापटप खरिद गर्ने निर्णय फिर्ता लिन प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो ।

कोशीको बजेट अधिवेशन जेठ १४ गते आइतबार सुरू हुँदैछ ।

Author:



क्याटोगरी छान्‍नुहोस