जनकपुरधाम – ओखलढुंगामा भारी वर्षासँगै बिहिबार राती गएको पहिरोले पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
चम्पादेवी गाउँपालिका वडा नम्बर –८ विलन्दुमा पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिएका छन् ।
सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए । प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा गएरातिदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालित छन् ।