राजविराज – सप्तरीमा मिटरब्याजीको आरोपमा आईतबार मनोज दास पक्राउ परेका छन् । राजविराज निवासी उनी राजविराजबाटै पक्राउ परेका हुन् ।
दास विरुद्ध मिटरब्याजी पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । सोही आधारमा दासलाई नियन्त्रणमा लिइएको प्रहरी श्रोतले जनाएको छ ।
राजविराजबाट नियन्त्रणमा लिइएको दासमाथि कानूनी प्रक्रिया अघि बढाएको प्रहरी श्रोतको भनाई छ । स्थानीय श्रोतकाअनुसार दास जिल्लाकै ‘कुख्यात’ मिटरब्याजी हुन् । दासले फैलाएको मिटरब्याजीको सञ्जालले दर्जनौं परिवार पीडित रहेको स्थानीय श्रोतको भनाई छ ।
यता, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले मितरब्याजीको आरोप लागेका दासलाई नियन्त्रणमा लिइएको बताए । ‘मिटरब्याजीको आरोप लागेका दास हाम्रो नियन्त्रणमा हुनुहुन्छ’ प्रहरी उपरीक्षक कार्कीले मधेशलाइभलाईभसँग भने, ‘कानूनअनुसार हामी अघि बढेका छौं ।’