जिल्ला प्रहरी कार्यालयमै पत्रकार पोखरेलमाथि कुटपिट

राजविराज – जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतोले पत्रकार मनोहर पोखरेलमाथि दुर्व्यवहार गर्दै कुटपिट गरेका छन् ।

सोमबार समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार समेत रहेका पोखरेललाई महतोले जिल्ला प्रहरी कार्यालय परिसरमै दुर्व्यवहार गर्दै कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरीस्थित मुद्दा शाखामा जर्बजस्तीकरणी र गर्भपतन सम्बन्धी मुद्दा प्रहरीले दर्ता गर्न नमानेको भनि पीडित पक्षको गुनासोको आधारमा सोही विषयमा जानकारी लिन खोज्दा आफुमाथि दुर्व्यवहार गर्दै कुटपिट गरेको पोखरेलले बताए ।

कुटपिटबाट घाईते भएका पत्रकार पोखरेलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।

यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीले कुटपिट गर्ने असईलाई कार्वाहीको माग गरेको छ । घटनाबारे जानकारी पाएर नेपाल पत्रकार महासंघका एक टोलीले जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीलाई पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असई महतोमाथि कारबाही गर्न माग गरेका छन् ।

घटना सम्बन्धमा प्रहरी प्रमुख एसपी कार्कीले जिल्ला प्रहरीको तर्फबाट क्षमायाचना गर्दै कुटपिट गर्ने असई महतोमाथि कानून बमोजिम तीन दिनभित्र कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । टोली नेतृत्वकर्ता सचिव आरएन विश्वासले तीन दिनभित्र पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असईमाथि कारबाही नगरिए महासंघ संघर्षमा उत्रिने चेतावनी दिए ।

‘नागरिकलाई सूचित गराउने अधिकार बोकेका सञ्चारकर्मीलाई यसरी जिल्ला प्रहरी कार्यालयमै एक जना असईबाट कुटपिट हुनु भनेको प्रेसमाथिको ठाडो हस्तक्षेप भएको ठहर पत्रकार महासंघको छ’ सचिव विश्वासले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो केही दिनदेखि सप्तरीका प्रहरी–प्रशासनको तर्फबाट यसरी नै प्रेसविरुद्धको क्रियाकलाप हुँदैगएको छ । यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न गृह मन्त्रालय समेतको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780