विना विभागीय मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले राजीनामा दिए

जनकपुरधाम – मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका दुइ जनाले राजीनामा दिएका छन् ।

विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन् । पार्टीले फिर्ता बोलाएपछि दुवै जनाले राजीनामा दिएका छन् ।

उनीहरुको सट्टामा मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीमा रञ्जु खङगलाई पठाउने जनमतको प्रदेश समितिका एक नेताले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस