जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

जनकपुरधाम – जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ । केही बेरअघि पार्टीको राष्ट्रिय परिषद्को बैठक एक होटलमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेण्डा तय गरिएको छ । यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको उनले बताए ।

उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा. यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस