चामलको मूल्य नबढाउन सरकारको निर्देशन

काठमाडौँ – सरकारले चामलको मूल्य बढाएको पाइए व्यापारीहरूलाई कारबाही गर्ने भएको छ ।

केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।

विभागले साउन १५ मा उद्योग वाणिज्य महासङ्घका वाणिज्य हेर्ने पदाधिकारीसँग चामल निर्यात प्रतिबन्धका विषयमा छलफल गरेको थियो ।

भारतले चामल प्रतिबन्ध लगाउनु अघि भण्डारणमा रहेको चामल बजारमा बेचबिखन गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न निर्देशन दिएको छ । यदि कसैले बढी मूल्य लिएको पाए उपभोक्तालाई पनि विभागलाई जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ ।

कसैले मूल्य वृद्धि गरेको पाइए कारबाही हुने विभागले जनाएको छ । भारतले अघिल्लो गत हप्ता बासमती बाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780