भ्रष्टाचारविरुद्ध थालिएको अभियान रोकिने छैन् : गृहमन्त्री श्रेष्ठ

जनकपुरधाम – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकारले शुरु गरेको अभियान नरोकिने बताएका छन् ।

माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासनको सवालमा पार्टीभित्रकै नेता भए पनि नछाड्ने बताएका हुन् ।

सुशासन स्थापना गर्ने र जनतालाई राहत दिने सरकारको मुख्य कार्यभार रहेको उनले बताए ।

बुधवारको बैठकमा बोल्ने केन्द्रीय सदस्यले भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठले चालेको कदमको स्वागत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780