राजविराज – नेपाली नागरिकता सम्बन्धी कसूरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर मीराकुमारी यादवका पति महेन्द्र कुमार यादव पुर्पक्षका लागि करागार (जेल) चलान भएका छन् ।
बिहीबार सप्तरी जिल्ला अदालतका न्यायाधीस लालकाजी श्रेष्ठको आदेशले उनी पूर्पक्षका लागि करागार चलान भएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।
सो मुद्दामा १२ दिनअघि उपमेयर मीरा १ लाख धरौटी बुझाएर रिहा भएकी थिइन् । अनुसन्धानको क्रममा पटक पटक म्याद थप्दै २३ दिनसम्म प्रहरी हिरासतमा रहेकी मीरा गत साउन ८ गते धरौटी बुझाएर रिहा भएकी थिइन ।
सो प्रकरणमा महेन्द्रका बुवा (नागरिकताअनुसार) सहदेव यादव पनि ३ दिनअघि मात्रै १ लाख धरौटी बुझाएर रिहा भएका थिए । मुद्दाको अनुसन्धानकै क्रममा फरार सूचीमा रहेका महेन्द्र बिहीबार नै अदालतमा उपस्थित भएका थिए ।
यो पनिः
धरौटी बुझाएर थुना मुक्त भइन् उपमेयर मीरा, पति अझैं फरार (फलोअप)
उपमेयर मीरा विरुद्ध चौथो पटक म्याद थप, पति महेन्द्र अझैं फरार (फलोअप)
उपमेयर मीरालाई थप ४ दिन थुनामा राख्न अनुमति, अझैं पक्राउ परेन महेन्द्र (फलोअप)
नागरिकता प्रकरणमा उपमेयर मीरालाई पुनः ५ दिन थुनामा राख्न म्याद थप
मीराको नागरिकता प्रकरणमा वडा कार्यालयको पत्र : ‘पति–पत्नी भारतीय नै हुन्’
नागरिकता प्रकरणमा उपमेयर मीरालाई ३ दिन थुनामा राख्न अनुमति, पति महेन्द्र अझैं फरार (फलोअप)
नागरिकता प्रकरण : उपमेयर मीरा प्रहरीको नियन्त्रणमा, पति महेन्द्र फरार (फलोअप)
उपमेयर मीरा र उनका पति महेन्द्र विरुद्ध पक्राउ पुर्जी (फलोअप)
उपमेयरको नागरिकता प्रकरण : मुद्दा दर्ता गरी छानबिन गर्न प्रहरीलाई उच्च अदालतको परमादेश
उपमेयरविरुद्ध उजुरी प्रकरण : पक्राउ गर्न परमादेश माग्दै उच्च अदालतमा मुद्दा
किर्ते गरी नागरिकता लिएको आरोपीले धमाधम आफ्ना जग्गा बिक्री गर्दै (फ्लोअप)
उपमेयरको नागरिकता प्रकरणः सोधपुछ सकियो, थप छानविन हुँदै (फ्लोअप)
उपमेयरविरुद्ध उजुरी–भारतीय नागरिक रहेको दावी, किर्ते गरी नागरिकता लिएको आरोप