प्रधान न्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आायेजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । संसदीय सुनुवाई समितिले श्रेष्ठको नाम सोमबार अनुमोदन गरेको थियो ।

श्रेष्ठलाई राष्ट्रपति पौडेलले हिजो सोमबनर नै प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए । हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशबाट गत साउन २० गते उमेरहदका कारण अवकाश लिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश श्रेष्ठलाई संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई समितिले नामअनुमोदन गरेसँगै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780